पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार बन्ने बताएका छन् ।
बुधबार बिहान पोखरामा पार्टीका केन्द्रीय सदस्य र गण्डकी प्रदेशका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश नपाइसकेको भन्दै आवश्वक परे माओवादीले पनि यसको नेतृत्व लिने अवस्था आउन सक्ने बताएका हुन् ।
उनले कांग्रेस दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने बताए । उनले भने, ‘अहिले सरकार गठनको विषय चलिरहेको छ । तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्वपूर्ण रहेको छ ।’
कांग्रेसको संसदीय दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता लिने उनले बताए ।