‘कानुनी शासनको बहस कम हुन थाल्यो’



काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुन बनाउने संसद्मा नै कानुनी शासनको बहस कम हुन थालेको टिप्पणी गरेका छन् । कानूनी शासन केन्द्रले काठमाडौँमा आज आयोजना गरेको ‘कानुनी शासनको प्रवद्र्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवादमा उले कानुनी शासनको पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए ।

“जब महत्वपूर्ण विधेयकको पालो आउँछ, त्यही बेला नियम निलम्बन गरेर बिना छलफल पास गरिन्छ, त्यो त कानुनी शासनका बारेमा बहस गर्ने संस्था हो”, उनले भने, “संसद् भनेको कानुन बनाउँदा वृहत छलफल गर्ने ठाउँ हो, छलफल नै नगरी बहुमतले ल्याएको कानुनले राष्ट्र र समाज राम्रो हुँदैन ।”


नेपाल कांग्रे्रेसका नेता डा मिनेन्द्र रिजालले गलत तरिकाले कानुन बनाउन र अध्यादेश ल्याउन खोजीमा इमानदार भएर देश र जनतालाई सम्झेर रोक्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) नेता खिमलाल देवकोटाले कानुन बनाउने ठाउँमा पुगेका सांसद क्षमतावान हुनुपर्ने र त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुराको हेक्का राख्नुपर्नेमा जोड दिए ।