भारत र चीनको सीमामा दुई देशका सौनिकहरुबीच झडप भएको छ । गत शुक्रबार सीमाको याङ्जी तवाङ क्षेत्रमा झडप भएको हो । झडपमा कैयौं भारतीय र चिनियाँ सैनिहरू घाइते भएका भारतीय समाचारपत्र द हिन्दूले जनाएको छ ।
अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू घाइते भएका छन् भने याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिकहरू घाइते भएका बताइएको छ । घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ ।
सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो । झडपमा २० जना भारतीय सैनिक मारिएका थिए । घटनाबारे दुबै देशले विस्तृत विवरण दिएका छैनन् ।