बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु



बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार साँझ से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेलीमा दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सडकबाट जिप १५० मिटर तल खसेको हाे । उक्त जीपमा चालक बाहेक अरु कोही पनि थिएनन् । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो।