काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाखमा हुने भएको छ । राष्ट्रिय महाधिवेशन ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने पार्टीका नेता लक्ष्मण थारूले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन २०८० साल वैशाख ४ देखि ६ गतेसम्म कैलालीको टीकापुरमा गरिने भएको छ । पार्टीका नेता लक्ष्मण थारूका अनुसार सोमबार रेशम चौधरीसँग डिल्लीबजार कारागारमा भेटघाट गरी महाधिवेशनको मिति तय गरिएको हो । थारूले पार्टी संगठन रहेको सबै जिल्लाका पदाधिकारीहरूलाई आ-आफ्नो जिल्ला, क्षेत्र, पालिका, वडाहरुको गठन, पुनर्गठनमा लाग्न आह्वान पनि गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली-१ बाट पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, कैलाली-२ बाट अरुणकुमार चौधरी र कैलाली-३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया-२ बाट रेशमका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।