सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । वर्तमान सरकारका सञ्चार सूचना तथा प्रविधिमन्त्रीसमेत रहेका कार्की १ सय १२ मतान्तरसहित विजयी भएका हुन् ।
कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । दुईजनाबीचको मतान्तर ११२ रहेको छ ।