नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन् ।
उनले निकटतम् प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजार १७० मतान्तरले हराए । प्रधानले ३४ हजार ७६४ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे ।
राप्रपाले अहिलेसम्म ५ क्षेत्रमा जितेको छ । झापा ३–मा राजेन्द्र लिङ्देन, मकवानपुर १– मा दीपकबहादुर सिंह, बाँके २ – मा धवल शम्शेर राणा र जुम्लामा ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) निर्वाचित भएका छन् ।