सर्लाही । प्रतिनिधिसभा सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्रबाट अमरेशकुमार सिंह निर्वाचित भएका छन् । सिंह २० हजार १७ मत ल्याई विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।
कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग थियो ।