रुपन्देही ५(१) मा एमालेका भूमिश्वर ढकाल विजयी



रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल निर्वाचित भएका छन् । अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकाल १९ हजार ७८ मत प्राप्त गरी दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाममा ढकालका निकटतम उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विनोद पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिए । सो क्षेत्रमा दुई हजार एक सय १० मत बदर भएको छ । यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अग्रस्थानमा छन् । नेपाली काङ्ग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा छन् ।