कास्की १ को प्रदेशसभा (२)मा एमालेका बेदबहादुर गुरुङ विजयी



पोखरा । कास्की १ को प्रदेशसभा (२)मा एमालेका बेदबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेसका दीपक गुरुङलाई ८ सय ६७ मतान्तरले हराउँदै उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बेदबहादुरले १२ हजार ६ सय ६१ मत ल्याउँदा दीपकले ११ हजार ७ सय ९४ मत ल्याए । निर्वाचित ५२ वर्षीय गुरुङ यसअघि कास्कीको मादी गाउँपालिका अध्यक्ष थिए । उनी राजनीतिमा आउनुअघि कला क्षेत्रमा आबद्ध थिए ।