तनहुँ २ (१) मा एमालेका श्यामराजा महत विजयी



तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महतले १५ हजार छ सय ५३ मत प्राप्त गरेकाे तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गरे ।