बाँके-२ मा राप्रपाका धवलशमशेर विजयी



नेपालगन्त्र । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवलशमशेर जबरा विजयी भएका छन् ।प्रतिनिधिसभा सदस्यमा उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राई २३ हजार ५२० मतसहित दोस्रो स्थानमा रहे । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।