ईश्वर पोखरेलले प्रदीप पौडेललाई दिए बधाई



काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई बधाई दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत पोखरेलले आफूलाई पराजित गर्दै काठमाडौं क्षेत्र नम्बर ५ मा विजय भएका पौडेललाई बधाई दिएका हुन् ।

उनले निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासँगको सम्बन्ध, सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैँ उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


उनले लेखेका छन्, ‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्धर सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सँधै उच्च प्राथमिकतामा राख्ने , पारदर्शी जीवन शैली अपनाउने र निरन्तर देश हित र जनताका काममा कृयाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !’

उनले निर्वाचनमा आफूलाई मत दिनेहरूलाई धन्यवादसमेत दिएका छन् ।