सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालालाई झण्डै दोब्बर मतको अग्रता 



सल्यान । एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको सल्यानमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रकाश ज्वालाले अग्रता बढाएका छन् ।

ज्वाला नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहभन्दा झण्डै दोब्बर मतले अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार ज्वालाले १५ हजार ३२० ल्याउँदा शाहले ८ हजार २३२ मतका ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राय ४ हजार ४८९ मतसहित तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा ९७५ सहित चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेत्रलाल श्रेष्ठ ८६६ सहित पाँचौ स्थानमा रहेका छन् ।