काठमाडौँ- ५ मा ईश्वर पोखरेललाई पराजित गर्दै कांग्रेसका प्रदीप पौडेल विजयी



काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले १५ हजार २३७ मत पाएका छन् भने पोखरेलले १० हजार १७२ मत पाएका छन् ।