दाङ । प्रतिनिधिसभा निर्वाचनतर्फ दाङ–१ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार तथा शहरी विकासमन्त्री मेटमणि चौधरीले अग्रता बढाएका छन् ।
मेटमणिले पछिल्लो गणनाअनुसार ३ हजार ३८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शान्ता चौधरीले २ हजार १७३ मत पाएका छन् ।
मेटमणि र शान्ताबीच ८६५ मतको अन्तर रहेको छ ।