काभ्रेपलाञ्चोक–२ : कांग्रेसका हुमागाईकाे अग्रता कायमै, एक हजार मतले पछि परे गोकुल बाँस्कोटा



काभ्रे । नेकपा एमालेका नेता तथा काभ्रेपलाञ्चोक–२ बाट प्रतिनिसभा सदस्यका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटा करिव एक हजार मतले पछि परेका छन् ।

प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईसँग पूर्वमन्त्री समेत रहेका बाँस्कोटा पछि परेका हुन् ।
पछिल्लो गणनाअनुसार हुमागाईले ६ हजार ३१० मत पाएका छन् भने बाँस्कोटाले ५ हजार ३२७ पाएका छन् ।


बाँस्कोटा र हुमागाईबीच ९८३ मतको अन्तर रहेको छ ।