मोरङ-३ : कांग्रेसको अग्रता कायमै, तेस्रो स्थानमा रेखा थापा



माेरङ । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका शर्माले एक हजार ८८७ मतसहित पहिलो स्थानमा छन् ।

यस्तै, नेकपा एमालेका भानुभक्त ढकालले अहिलेसम्म ८७८ मत पाएका छन् । यो सुरुवाती अग्रता कांग्रेसका शर्माको भन्दा एक् हजार बढी हो ।


यस्तै, अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । उनले अहिलेसम्म ३८९ मत पाएकी छन् । मोरङ–३ को मतगणना मंगलबार सुरु भएको हो । हाल यहाँ मतगणना जारी छ ।