ललितपुर–१ : उदयशम्शेर जवराकाे अग्रता, पछि परे नवराज सिलवाल



ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा छन् । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन् ।

यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरेका छन् ।