रोल्पामा २७ सय मतान्तरले वर्षमानको अग्रता



राेल्पा । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले अग्रता कायम राखेका छन् ।

७ हजार ६३५ मत गणना हुँदा पुनले ४ हजार ५५७ पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १ हजार ८४६ मत पाएका छन् ।


त्यस्तै राप्रपा उम्मेदवार लिला रावलले ३९४, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले १४६ र नेपाल मजदुर किसान पार्टीका नाति भाइ ह्योम्बा १० मत पाएका छन् ।