सप्तरी- २ : सीके राउत ५ हजार ७१० मतले अगाडि



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले ठुलो मतान्तरले अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।

राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।


आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना हाल देश केही जिल्ला बाहेक सबै ठाउमा जारी रहेको छ ।