बाग्लुङ-१ मा जनमोर्चाका केसीकाे अग्रता, पछ्याउँदै एमालेका पाठक



बाग्लुङ । बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राखेका छन् ।

प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले एक हजार नौ सय ८५ मत प्राप्त गरेका छन् भने उनलाई नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले एक हजार सात सय ५५ मतसहित पछ्याइरहेका छन् ।


विहान ३ः३० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गरेका छन् । हालसम्म एक सय ८० मत बदर भएको छ ।