मनाङमा कांग्रेसका गुरुङ जित नजिक



मनाङ । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ जित नजिक पुगेका छन् । उनले दुई हजार चार सय ९४ मत प्राप्त गरी अग्रता लिएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छेवाङ गुरुङले दुई हजार एक सय ८८ मत प्राप्त गरेका छन् ।

मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो । कांग्रेसका गुरुङ तीन सय छ मतले अगाडि छन् भने अब एक सय ४१ मत मात्र गणना गर्न बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मुखिया गुरुङ पाँच मत प्राप्त गर्नुभएको छ भने हालसम्म १७ मत बदर भएको छ ।