रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सुरुवाती अग्रता लिएका छन् । एक हजार एक मतगणना हुँदा पाँच दलीय गठबन्धनका उम्मेदवार खाणले चार सय १४ मत प्राप्त गरेका छन् ।
खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पछ्याइरहेका छन् । बोहराले तीन सय १७ मत ल्याएकाे निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कूल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।