झापा–२ मा एमालेका घिमिरेकाे अग्रता कायमै, स्वतन्त्र उम्मेदवार नेपाल पछिपछि



झापा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झापा क्षेत्र नं २ मा (नेकपा) एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

हालसम्म भएको १४ हजार सात सय ७० मतगणनामा एमाले उम्मेदवार देवराज घिमिरेले पाँच हजार तीन सय ७१ मत प्राप्त गरेका छन् भने झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) ले चार हजार छ सय ३४ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत केशवप्रसाद पन्थले जानकारी दिए ।


त्यस्तै, सत्ता गठबन्धका उम्मेदवार हरिकुमार रानाले दुई हजार ६ सय ५४ मत गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्रप्रसाद गिरीले एक हजार चार सय ३० मत प्राप्त गरेका छन् ।