पर्सा–२ (१) को प्रदेशसभा सदस्यमा पटेलको अग्रता कायमै



पर्सा । पर्सा क्षेत्र नं २ को (१) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार श्याम पटेलको अग्रता कायम छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार दुई हजार आठ सय २० मत गनिसक्दा सत्ता गठबन्धनका साझा उम्मेदवार पटेलले एक हजार ९० मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।


दोस्रो स्थानमा रहेका जसपाका उम्मेदवार रामनरेशप्रसाद यादवले आठ सय ८१ मत प्राप्त गरेका छन् । यादवभन्दा पटेल दुई सय नौ मतले अगाडि छन् । राप्रपाका उम्मेदवार हरिप्रसाद चौधरी तीन सय ९० मतका साथ तेस्रो स्थानमा छन् ।