रौतहट–१ को मतगणना सुरु



रौतहट । रौतहट–१ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । क्षेत्र नं १ मा छ नगरपालिका र दुईवटा गाउँपालिकामा जम्मा ४१ वटा वडा रहेको छ ।

निर्वाचनमा एक लाख दुई हजार मतदातामध्ये ६७ हजार दुई सय ३४ मत मात्र खसेको छ । जिल्लाका चारै प्रतिनिधिसभा क्षेत्रको मतगणना सुरु भइसकेको छ भने प्रदेशसभाको पनि मतगणना सुरु गरिएको छ ।