तनहुँ २ मा कांग्रेसको अग्रता



तनहुँ । तनहुँ–२ मा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ । प्रारिम्भक मतगणनामा काङ्ग्रेसका शङ्कर भण्डारीले अग्रता लिनुभएको छ । हालसम्म एक हजार ६३७ मत गणना भएको छ ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाएका छन् । नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २३८ मत प्राप्त गरेका छन् ।


यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २७१ मत खसेको छ । जम्मा १० जना प्रतिनिधि सभाका उम्मेदवार छन् ।