लमजुङमा मतगणना सुरु



लमजुङ । जिल्लामा मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सर्वदलीय बैठकपश्चात दिउँसोदेखि सुरु भएको हो । निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा आठ ठाउँमा मतगणना सुरु भएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको छ । कूल ४२ हजार आठ सय २५ महिला तथा ३७ हजार नौ सय ८५ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


जिल्लामा एक सय २८ मतदानस्थल तथा एक सय ८६ मतदान केन्द्र रहेको थियो । जिल्ला समन्वयमा र जिल्ला कारागारमा गरी दुई ठाउँमा समेत अस्थायी मतदान केन्द्र रहेको थियो । जिल्लामा ६० दशमलव ५९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।