मकवानपुरमा मतगणना सुरु



मकवानपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९।३ प्रतिशत मात्रै मत खसेको थियो । तीमध्ये हाल बागमती गाउँपालिका–४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिर् । निर्वाचन क्षेत्र नम्बर एकको दुई र क्षेत्र नम्बर दुईको चार ठाउँमा मतगणना सुरु भएको छ ।