देशभरका मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा लगिँदै



काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतदान सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य भइरहेको छ । मतगणनाका लागि सुरक्षित तरिकाले मतगणनास्थल तयार पारिएका छन् ।

मतगणनाका लागि सिसी क्यामेरा जडानसँगै तारजालीको समेत व्यवस्थापन गरिएको छ । मतगणना स्थलमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सिसी टिभी क्यामरा जडान गरिएको हो ।


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज बिहान सात बजेदेखि साँझ पाँचबजेसम्म मतदान भएको थियो । मतपेटिका संलकन भइसकेपछि मतगणना सुरु हुनेछ । कुनै ठाउँमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।