दोलखाको जफेमा रोकिएको मतदान सुचारु



चरीकाेट । दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ ।

तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ ।