पाटनमा साढे १२ बजेदेखि मतदान सुरु



पाटन । ललितपुर नगरपालिकाको बागमति गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ ।

वडा नं ५ का अध्यक्ष नारायण बमजनले हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान दिन पाउने सहमति भए पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन नसकेकाे जानकारी दिए ।


“विवादपछि एकाघरकाले मतदान गर्न पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो”, उनले भने ।