झापामा सिटौला, शर्मा र लिङ्देनद्वारा मतदान, लिङदेनले साइत हेराएर खसाले भोट



झापा । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।
आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

नेता सिटौलाले बिहान ७ः२० बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान गरे । झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उनले झापा क्षेत्र नं १ मा मतदान गरेका हुन् ।


झापा जिल्लामा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि छ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन् । जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र अन्य आठ जना मतदाता छन् । जिल्लामा दुई सय ८५ वटा मतदानस्थल र सात सय ६८ मतदान केन्द्र छन् ।