मानुषि यमि भट्टराईले गरिन् मतदान



काठमाडौँ । काठमाडौँ क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बनेकी मानुषि यमि भट्टराईले मतदान गरेकी छन् ।

उनी आज बिहानै नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा पुगेर मतदान गरेकी हुन्। नेपाल समाजवादी पार्टीकी यमि सत्ता गठबन्धनकी साझा उम्मेदवारसमेत हुन् ।