वर्षमान पुनद्वारा रोल्पामा  मतदान



काठमाडाैँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा मतदान गरेका छन् । 

पुनले बिहान ७ः३० बजे रोल्पा नगरपालिका-७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका हुन् ।


पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।