राजविराज । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा विकास र अधिकारको अभियानलाई अगाडि बढाएर लेजानुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा कार्यकर्तासँगको भेटघाटमा उनले आगामी निर्वाचनमा जसपालाई जिताएर विकास र अधिकारको लहर ल्याउन जनसमुदायसँग आग्रह गरे ।
सप्तरी निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका जसपा अध्यक्ष यादवले देश र जनताको लागि राष्ट्रिय एकता, राष्ट्र निर्माण, शोषित, उत्पीडित, मधेसी जनतालाई मुक्ति दिलाउने एकमात्र पार्टी जसपा भएको दाबाी गरे । उनले भने, “यस क्षेत्रबाट २५/३० वर्षदेखि धेरै सासंद र मन्त्री पनि विकास हुन नसकेको छैन । विकासका लागि जसपालाई जिताउन आमसमुदायसँग मेरो आग्रह छ ।”
जनता जागरुक नभएमात्र सप्तरीमा विकासको लहर नचल्ने बताउँदै उनले देश समृद्ध बनाउनका लागि हरेक क्षेत्रको विकासलाई निरन्तरण दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले भने, “संविधानलाई संशोधन गरेर परिवर्तनलाई अगाडि बढाउ सङ्घीय प्रणालीमा सुधार गरेर अगाडि बढ्न चाहेका छौँ, मधेसीको साथ गरिएको भेदभाव, समाजमा सदाका लागि भेद्भावलाई उखलेर, समाजमा सबैलाई बराबरको हक, र सबैको संस्कृत, वेषभूषाको मान्यता दिई सबै समुदाय पहिचानको लागि देशको विविधताबीच एकता हुनुपर्छ ।”
मुलुकमा सङ्घीय गाणतन्त्र स्थापना गर्न जसपा पार्टीको अहमं भूमिका रहेको भन्दै मधेसी जनतमाथि भइरहेको विभेदकारी अन्तय गर्न अझै सजपा पार्टी लडाइँ लडिरहेको उनले बताए ।