काठमाडाैँ । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनको उम्मेदवारी खारेज भएको हो ।उ नले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनको उम्मेदवारी बदर गरेको हो ।