विश्वको सबैभन्दा ठुलो कम्पनी अमेजनले दश हजार कर्मचारी हटाउँदै



विश्वको सबैभन्दा ठुलो इ–कमर्स कम्पनी अमेजनले यस हप्तादेखि उसका कर्पोरेट तथा प्रविधि विभागका दस हजार कर्मचारीहरू हटाउने योजना बनाएको छ, जुन कटौती कम्पनीको इतिहासमा सबैभन्दा ठुलो हुनेछ ।

अमेजनले एकैचोटि सबै कर्मचारी हटाउनुको सट्टा फरक फरक विभागहरूबाट पालै पालै कर्मचारी हटाउने सम्भावना छ । न्युयोर्क टाइम्सका अनुसार १० हजार कर्मचारीलाई बर्खास्त गर्दा कम्पनीका कर्पोरेट कर्मचारीहरूको ३ प्रतिशत र विश्वभरका १६ लाखको श्रमिकको १ प्रतिशतभन्दा कम कर्मचारी हट्नेछन् । 


अमेजनको कर्मचारी कटौतीको घोषणा सेरोफेरोमा अन्य प्राविधिक कम्पनीहरूले पनि आफ्ना कर्मचारी कटौतीको घोषणा गरिरहेका छन् । टेस्लाका संस्थापक इलन मस्कले अक्टोबर २७ मा माइक्रोब्लगिङ प्लेटफर्मको जिम्मेवारी लिएपछि सो कम्पनीका ५० प्रतिशत कर्मचारी बर्खास्त गरिसकेका छन् । 

पछिल्लो समय फेसबुकको मातृसस्था मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले ११,००० भन्दा बढी कर्मचारीहरूलाई हटाउने घोषणा गरेका छन् । त्यस्तै लिफ्ट, स्ट्राईप, स्न्याप र अन्य प्राविधिक फर्महरूले पनि हालैका महिनाहरूमा कामदारहरूलाई कामबाट निकालेका छन् । 

अमेजनले कोरोना महामारीको समयमा उलेख्य नाफा कमाएको थियो । त्यससमय अधिकांश उपभोक्ताहरू किनमेललागी अमेजन प्रयोग गरेको फाईदा आर्जन गरेको थियो । उच्च नाफाको बलमा कम्पनीले दुई वर्षभित्र आफ्नो श्रमिकबल दोब्बर बनायो । महामारीको प्रभाव कम भएसँगै अमेजनको व्यापारमा ¥हास आइरहेको छ । यसैको कारण कम्पनीले कर्मचारी कटौती गर्न लागेको हो ।-द न्युयोर्क टाईम्सबाट