काठमाडाैँ । पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपाल ८४ रनले पराजित भएकाे छ । सोमबार कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु खेलमा अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले । त्यस्तै नेपालका आसिफ शेखले १२ रन बनाउँदा गुलशन झा १९ रन बनाए ।
युएईका आयन अफ्जल खानले ४ विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए । नेपालका गुलशन झाले दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए ।
यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।