अफगानी महिलालाई पार्क प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनुपर्छ : अधिकारवादी समूह



लण्डनस्थित एम्नेस्टी इन्टरनेसनलले काबुलका सार्वजनिक पार्कमा महिलालाई जान रोक्ने तालिबानको पछिल्लो निर्णय फिर्ता लिन आग्रह गरेको छ । तालिबानले काबुलका सार्वजनिक पार्कहरूमा महिलाहरूलाई प्रतिबन्ध लगाउनु देशमा महिला अधिकारको लागि अर्को धक्का हो । 

तालिबानको यस्तो कुनै पनि निर्णय तत्काल उल्टाउनु पर्दछ किनकि तालिबानको अधीनमा महिला अधिकारहरू व्यवस्थित रूपमा आक्रमणको अधीनमा छन्,” एम्नेस्टीले ट्विटरमा पोस्ट गरेको एक विज्ञप्तिमा भनेको छ । सन् २०२१ को अगष्टमा तालिबान काबुल फर्केपछि तालिबानले महिला तथा बालिकाको अधिकारमाथि गरेको योजनाबद्ध आक्रमण र यातना तथा बलपूर्वक बेपत्ता पार्नेलगायत हिंसाको प्रयोगले अफगान समाजमा भयको संस्कृति सिर्जना गरेको छ । 


तालिबानको सदाचार मन्त्रालयले आफ्नो पछिल्लो आदेशमा महिलाहरूलाई काबुलका पार्कहरूमा जानबाट रोकेको टोलो न्यूजले जनाएको छ । हिजाब नमनाउने भएकाले महिलामाथि यो प्रतिबन्ध लगाइएको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा तालिबान सत्तामा फर्किएसँगै महिलाहरूलाई आवतजावतको स्वतन्त्रता, शिक्षाको अधिकार र राजनीतिक सहभागिताजस्ता आधारभूत अधिकारहरू प्रयोग गर्नबाट वञ्चित गरिएको छ । 

एमनेस्टीले जारी गरेको वक्तव्यमा तालिबानले पूर्ववर्ती सरकारको पालामा महिलाविरुद्ध हुने घरेलु हिंसाका घटनालाई सम्बोधन गर्न बनाइएका संस्थाहरूलाई पनि ध्वस्त पारेको उल्लेख गरेको छ । “तालिबानले केही दिनअघि मात्र पक्राउ परेका थुप्रै महिला अधिकारकर्मीसहित कैयौँ महिलालाई  गैरकानुनी रूपमा गिरफ्तार गरी हिरासतमा लिएको छ र यातना दिएको छ भने शान्तिपूर्ण आन्दोलनका पोस्टरहरूलाई हटाएको छ ।” यसबाहेक, समूहले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान शासनअन्तर्गत महिलाहरूले भोगेको व्यवस्थित पीडा र उनीहरूको अधिकारप्रति आँखा चिम्लन आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसङ्घले दुई तिहाइ अफगानी भोकभोकै बसिरहेको र बालिका शिक्षा तालिबानको ‘अनियमित आदेश’को अधीनमा रहेको र अफिमको उत्पादनमा भएको ठूलो वृद्धिका कारण अपराध र आतङ्कवाद फेरि फस्टाउँदै गएको चेतावनी दिएको पृष्ठभूमिमा यो पछिल्लो प्रतिवेदन आएको हो । 

संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष सिसाबा कोरोसीले तयार पारेको प्रतिवेदनमा करिब पाँच दशक लामो ‘द्वन्द्व’को सामना गरिरहेको तालिवान शासित देशको सामान्य जीवनको लगभग सर्वनाशकारी चित्र कोरेका थिए । अन्तर्राष्ट्रिय समुदायलाई ४।४ अर्ब अमेरिकी डलरका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय अपीलमा २.३ अर्ब अमेरिकी डलरको कमी पूरा गर्न आग्रह गरेका छन् । न्यूयोर्कमा सम्बोधन गर्दै उनले अफगानिस्तानमा समावेशी र दिगो शान्तिका लागि अन्तर्राष्ट्रिय समुदायले समर्थन गर्नु नैतिक र व्यावहारिक आवश्यकता भएको बताए।