थप ८ जनामा काराेना संक्रमण पुष्टि



काठमाडाैँ । नेपालमा थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा देशभर ६८० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएको ।


यही अवधिमा थप २४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६५ हजार ९५१ जनाले खोप लगाएका छन् ।