काठमाडौँ । इंग्ल्यान्ड अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा पुगेकाे छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १० विकेटकाे सान्दार जित निकाल्दै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो ।
इङ्ग्ल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिलो इनिङ्समा भारतले १६८ रन जोडेको थियो । १६९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको इङ्ग्ल्याण्डले १६ औँ ओभरमा कुनै विकेट नगुमाइ १७० रन बनायो ।
इङ्ग्ल्याण्डका लागि एलेक्स हेल्सले ४७ बलमा सर्वाधिक ८६ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै, उनका साझेदार जोस बट्लरले ४९ बलमा ८० रन जोडे । उनले ९ चौका र ३ छक्का हानेका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रन बनाएका थिए । त्यस्तै, विराट कोहलीले ५० रन जोडे । इङ्ग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए ।
यससँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनलमा इङ्ग्ल्याण्डले आइतबार पाकिस्तानको सामना गर्नेछ ।