काठमाडौँ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको ६ सय १४ पिसिआर परीक्षणका क्रममा ९ जना र १ हजार १ सय २३ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने थप १३ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ५ सय ६३ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।