यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडाैँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ।   


बेलायती पाउण्ड एकको खरिद दर १५० रूपैयाँ ०६ पैसा र बिक्री दर १५० रूपैयाँ ७५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।