पाेखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका छन् ।
मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए ।
उनले भने, ‘हाम्रो गुमेको फिर्ता ल्याउनुपर्छ भनेँ । भोलिपल्ट देउवाजीले जवाफ दिनुभयो- भाषण गर्दैमा फिर्ता आउँछ ? बन्दुक लैजानुस् भने । म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौं । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैंन, तर्क तथ्यले गर्छ ।’