खोटाङ । चुनावको मुखमा खोटाङमा जनता समाजवादी पार्टी र नेकपा एमालेका ४४ नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।
बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका रामकुमार राई ‘पासाङ’ले जसपाका रबिन खम्बूको नेतृत्वमा ३८ जना र एमाले जिल्ला कमिटी सदस्य जेपि आचार्यको नेतृत्वमा ८ जना नेता काएयकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।