चिनियाँ राष्ट्रपति सीद्वारा फिलिपिन्सको आँधीप्रति दुःख व्यक्त



चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार फिलिपिन्समा आएको आँधीका कारण भएको ठूलो मानवीय एवं भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसलाई सन्देश पठाउनु हुँदै राष्ट्रपति सीले दुःख व्यक्त गरेका हुन्। सन्देशमा राष्ट्रपति सीले उष्णकटिबंधीय आँधीबाट भएको ठूलो मानवीय एवं भौतिक क्षतिले आफू स्तब्ध भएको र चिनियाँ सरकार र जनताको तर्फबाट दुःख व्यक्त गरेको बताएका छन्।


राष्ट्रपति सीले त्यहाँको सरकार र जनताले विपद्लाई पार लगाउँने र पुनर्निर्माण गर्ने कुरामा आफूलाई विश्वस्त रहेको पनि बताएका छन्। फिलिपिन्समा विपद्पछिको पुनर्निर्माणका लागि चिनियाँ पक्ष आफ्नो क्षमताअनुसार सहयोग गर्न इच्छुक रहेको उनले बताएका छन्।