काठमाडौँ । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको हो ।
मेडिकल काउन्सिलको बोर्ड सदस्य रहेकाले उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको छ ।