क्षयरोग नियन्त्रणका निम्ति रकम जुटाउन जी ट्वेन्टीको आह्वान



विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने बहुपक्षीय अन्तरसरकारी मञ्च जी ट्वेन्टीका स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् ।

कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् ।


सदस्य देशका स्वास्थ्यमन्त्रीको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग गरिने बताएका छन् ।

सन् २०३० सम्ममा विश्वबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न जी ट्वेन्टीको प्रयासले सार्थक हुने अपेक्षा गरिएको छ ।